काठमाडौं । इंगलिश एफए कप फुटबलको उपाधि आर्सनलले जितेको छ । वेम्बलीमा शनिबार राति भएको फाइनलमा सुरुआती लिड जोगाउन नसक्दा चेल्सी पराजित हुँदा आर्सनलले बाजी मारेको हो ।
१० खेलाडीमा सीमित चेल्सीलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्सनलले उपाधि जितेको हो ।
आर्सनललाई उपाधि दिलाउन दुवै गोल पेरिक एम्रिक आबुमियाङले गरे । चेल्सीका क्रिस्टियन पुलिसिचले खेलको पाँच मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
२८ औं मिनेटमा आबुमियाङले पेनाल्टीमा तथा ६७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई जित दिलाए ।
खेलको ७३ औं मिनेटमा माटियो कोभासिचले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो ।
आर्सनलको यो कीर्तिमानी १४ औं एफए कपको उपाधि हो ।
प्रिमियर लिगमा आर्सनल आठौं भए पनि चौथो स्थानमा रहेर लिग सकाएको चेल्सीमाथि माथ खुवाउँदै यो वर्षको पहिलो उपाधि जित्न आर्सनल सफल भएको हो ।