काठमाडौं । नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउने ५८ पुगेका छन् । वीरगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएपछि ज्यान गुुमाउनेको संख्या ५८ पुगेको हो ।
पर्साको वीरगञ्ज १६ निवासी ५० वर्षीया र ६८ वर्षीया महिलाको ज्यान गएको हो । नारायणी कोरोना अस्थायी अस्पताल गण्डकका डा. निरज सिंहका अनुसार ६८ वर्षीया महिलाको शनिबार मृत्यु भएको हो ।
५० वर्षीया महिलाको शुक्रबारै वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको भएको थियो । पछि पिसिआर नतिजा आउँदा संक्रमण पोजेटिभ देखिएको हो ।
दुवै महिलालाई निमोनिया भएको थियो ।
स्वास्थ्य मन्त्रालयले भने आफ्नो वेभसाइटमा अझै अपडेट गर्न भ्याएको छैन । उसले अझै ५६ जना मृतकमात्र रहेको जनाएको छ ।
२० हजार ८६ संक्रमित रहेकामा १४ हजार ४९२ जनालाई निको भएको छ ।
सरकारले पीसीआर परीक्षणको दायरा अझै बढाएको छैन । समुदाय स्तरमा कोरोना फैलँदासमेत सरकारले अलमल देखाएको छ ।
काठमाडौं उपत्यकामै दिनहुँ सयौं मानिस बिना परीक्षण भित्रिरहेका छन् ।