सर्लाही । सर्लाहीमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
शनिबार बेलुकी लालबन्दी नगरपालिका १७ घिमिरेचोकमा मोटरसाइकल ठोक्किँदा घाइते भएका लालबन्दी नगरपालिका ५ का ५० वर्षका ब्रह्मदेव चौधरी र रौतहट इसनाथ नगरपालिका ७ का ५५ वर्षका नन्दकिशोर शाहको अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार ज्यान गुमाएका दुई जना नै मोटरसाइकलका चालक हुन् । प्रदेश २ ०३००३ प ६६८९ र ज १ प २३३ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका अर्का एक जनालाई उपचारको लागि धनुषा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
घाईते रौतहटका श्याम साहको उपचार भइरहेको छ ।