arrow

बाँकेमा निषेधाज्ञा जारी, अटेर गर्नेलाई कडा कारबाही 

logo
सौरभ गिरी, 
प्रकाशित २०७७ साउन १८ आइतबार
bake-cdo-office.jpg

नेपालगञ्ज । बाँकेमा आइतबारदेखि निषेधाज्ञा लागू भएको छ । समुदायस्तरमै कोरोना देखिएपछि जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँके तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गरेको हो ।

बाँकेमा बढिरहेको कोरोना संक्रमण रोक्न हाललाई तीन दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ।

निषेधाज्ञामा अटेरी गरी अनावश्यक हिंड्डुल गर्न प्रतिबन्ध लगाइएको छ। प्रशासन कार्यालयले अत्यावश्यक काम बाहेक हिंड्डुल गरेको पाएमा कडा कारबाही समेत गर्ने जानकारी गराएको छ।

त्यस्तै प्रशासन कार्यालयले बैंकका एटिएम सेवा मात्र सुचारु गर्न पत्राचार गरेको छ ।



लोकप्रिय समाचार
नयाँ