arrow

कोरोना संक्रमित भारतीयलाई समानान्तरले काममा लगायो, नेपालीमाथि ज्यादती 

logo
प्रकाशित २०७७ साउन १८ आइतबार
samantha-nirman-sewa.jpg

अपडेट– उक्त समानान्तरका प्रोजेक्ट म्यानेजर तुलसीप्रसाद भट्टराईले दुई जना कोरोना संक्रमित भारतबाट नभई सर्लाहीबाट भएको जनाएका छन् । 

काठमाडौं । राजधानीमा भएको समानान्तर निर्माण सेवा प्रालिले भारतबाट आएका कामदारलाई पीसीआर परीक्षण नगराई काममा लगाउँदा नेपालीहरुलाई सर्ने खतरा बढेको छ । 

परीक्षण बिना काममा लगाएको केही दिनपछि उनीहरुको रिपोर्ट पोजेटिभ देखिएपछि अहिले नेपाली कामदारहरु चिन्तामा परेका छन् । 

साउन ११ गतेदेखि काममा खटिएका दुई भारतीयमा शुक्रबारमात्र कोरोना देखिएको हो । यसरी संगसंगै काम गर्नेलाई कोरोना देखिएपछि नेपाली कामदार चिन्तित भएका छन् । 

तर कम्पनीले भने नेपालीहरुलाई खुरुखुरु काममा आउन निर्देशन दिएको छ । संगै काम गर्नेलाई कोरोना भएपछि आफूहरुलाई पनि सर्ने भन्दै क्वारेन्टिनमा बस्ने र पीसीआर परीक्षण गराइदिनुपर्छ भन्दासमेत कम्पनीले नमानेको एक पीडितले बताए । 

दवाव दिएपछि सम्भवतः आइतबार गर्छ कि ती पीडितले भने, ‘यस्तो गम्भीर समस्याबीच कम्पनीले खेलबाड गर्यो ।’

साइटको काम भने अहिले रोकिएको छ । ‘तर यस्तो लापरवाही गर्ने कम्पनीलाई कार्वाही केही छैन ?’, पीडितले भने । उनले भारतबाट नेपाल आउँदा पीसीआर नगराई खुलमखुल्ला आउन सरकारले दिएको भन्दै सरकारकै उनले विरोध गरेका छन् ।  

 



लोकप्रिय समाचार
नयाँ