arrow

तत्कालीन कमाण्डरको डेरामा मन्त्री, सांसद र नेता, जुट्दै रकम

logo
प्रकाशित २०७७ साउन १८ आइतबार
Nain-Bahadur-Tamang.jpg

भक्तपुर । अर्थाभावका कारण उपचारमा समस्या भएपछि तत्कालीन माओवादी लडाकूका कम्पनी कमाण्डर नैनबहादुर तामाङलाई आर्थिक सहयोग जुट्न थालेको छ । सशस्त्र युद्धमा बम गोलीका छर्रा लागेर अर्बुद रोग लागेका उनलाई केही दिनयता आर्थिक सहयोग लिएर मन्त्री, सांसद र नेताहरु भक्तपुरस्थित डेरामा पुगिरहेका छन् । 

शनिबार नेकपा सुनकोशी गाउँपालिका कमीटीको समन्वयमा वाग्मती प्रदेश सरकारका मन्त्री अरुण नेपाल र प्रदेशसभा सदस्य सरेश नेपालसहित नेकपाका नेता कार्यकर्ता तामाङलाई भेट्न पुगेका थिए । मन्त्री नेपालले नैनबहादुरको उपचारका लागि रु ७० हजार सहयोग प्रदान गर्दै स्वास्थ्य उपचारमा आवश्यक पहल गर्ने बताए । 

यसअघि पूर्वमन्त्री मोहन बस्नेतले रु ५० हजार सहयोग गरेका थिए भने वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले एक महिनाको तलब सहयोग गर्ने बताएका छन् । 



लोकप्रिय समाचार
नयाँ