arrow

जनकपुरधाममा सोमबारदेखि निषेधाज्ञा

logo
प्रकाशित २०७७ साउन १८ आइतबार
ram-janaki-tample-janakpur.jpg

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र  सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो । 

सुरक्षा समितिले राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरू बाहेकका अन्य सेवा  र स्थलमा सोमबार रातिदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।



लोकप्रिय समाचार
नयाँ