काठमाडौं। भारतका केन्द्रिय गृहमन्त्री अमित शाह कोरोना भाइरसबाट संक्रमित भएका छन् । शाह आफैले ट्विट गर्दै कोरोना भाइरसको परीक्षण पोजेटिभ देखिएको बताएका हुन् ।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यद्यपी डाक्टरको सल्लाह अनुसार उनी अस्पताल भर्ना हुने तयारीमा रहेका छन् ।
आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई परीक्षण गर्न र आइसोलेसनमा बस्न गृहमन्त्री शाहले आग्रह गरेका छन्।