अमिताभ बच्चनले कोरोनालाई जीते, अस्पतालबाट डिस्चार्ज
एजेन्सी,
प्रकाशित २०७७ साउन १८ आइतबार
134
Shares
एजेन्सी। बलिउड अभिनेता अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन । कोरोना परीक्षण नेगेटिभ देखिएसँगै अमिताभ डिस्चार्ज भएका हुन् ।
जुलाई ११ मा संक्रमण पुष्टि भएका बच्चन २३ दिन अस्पताल बसेपछि डिस्चार्ज भएका हुन् । उनी मुम्बईको नानावती अस्पतालमा उपचाररत थिए ।
पितालाई कोरोना परीक्षण नेगेटिभ देखिएको छ, अस्पतालबाट डिस्चार्ज भइसकेपछि अब उहाँ घरमै आराम गर्दै हुनुहुन्छ, अमिताभ बच्चनका छोरा एवं अभिनेता अभिषेक बच्च्नले ट्वीट गर्दै भनेका छन् ।