arrow

जनकपुरधाममा सोमवार माध्यरातदेखि कर्फ्यू, बिना पास घरबाट निस्किए कारवाही

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ साउन १८ आइतबार
janakpur3.jpg

धनुषा । जनकपुरधाममा सोमवार माध्यरातदेखि निषेधाज्ञा (कर्फ्यू) जारी गरिएको छ ।  धनुषाका सिडिओ प्रेमप्रसाद भट्टराईले सोमवार राति १२ बजेदेखि लागु हुनेगरी एक साता अगामी आइतवार राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको बताएका छन् । 

कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन बढ्दै गएपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए।

 प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको हो।

 अत्यावश्यक काम बाहेक बिना पास घरबाट बाहिर निस्किए कारवाही गरिने  प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । निषेधाज्ञाको समयमा औषधि पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र, एम्बुलेन्स लगायत संचालनमा रहने जनाइएको छ । 

धनुषामा एक जनाको कोरोनाले मृत्यु भएको छ भने उच्च अदालत जनकपुरका एक न्यायाधीश, प्रादेशिक अस्पताल जनकपुरधामका तीन नर्स, सामाजिक विकास मन्त्रालयका तीन कर्मचारीसहित सैयौं व्यक्तिमा कोरोना पुष्टि भइसकेका छन् ।



लोकप्रिय समाचार
नयाँ