काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काठमाडौंको बसन्तपुर पुगेर सत्याग्रहमा रहेका इनफ इज इनफ युवाहरुको अभियानमा ऐक्यवद्धता जनाएका छन् ।
कोभिड १९ को सबल ब्यवस्थापनको माग राख्दै १७ दिनदेखि सत्याग्रहमा रहेका ‘ई’ लाई भेट्न डा शेखर कांग्रेस केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे र जिवन परियारलाई साथ लिएर सत्याग्रह स्थल पुगेका थिए ।
डा कोइरालाले युवाहरुको अगुवाइमा भएको सत्याग्रहमा आफ्नो पुर्ण समर्थन जनाए । संसद र सडकमा प्रतिपक्षको खोजी भइरहेको समयमा युवाहरुले यस्ता गतिविधि गरेर सरकारलाई खबरदारी गरेकोमा डा कोइरालाले धन्यवाद समेत दिए।
कोईरालाले सत्याग्रहमा युवाहरूले उठाएका माग सम्बोधन गर्न सरकारलाई आफूहरूले आवश्यक दबाब दिने प्रतिबद्धता समेत जनाए।
कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले पछिल्ला दिनमा सत्याग्रह समर्थित युवाहरूप्रति सरकारले गरेको अमानवीय ब्यबहार र धरपकडले आफूहरूलाई दुखी बनाएको बताए।
घिमिरेले आफुहरु आन्दोलनरत युवाहरूको माग सँगै रहेको बताउदै उनीहरूलाई एक्लो महसुस नगर्न आग्रह गरे।
अर्का केन्द्रीय सदस्य जिवन परियारले सरकारी रबैया र अराजकता बिरुद्ध सत्याग्रह गरेर युवाहरूले अत्यन्तै राम्रो काम गरेको बताए।