घोराही । ठगी र मिटर ब्याजको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले आइतवार एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले ठगी र मिटर ब्याजको आरोपमा घोराही बजारवाट घोराही निवासी बाबु पुनलाई पक्राउ गरेको जानकारी दिए ।
उनले जिल्ला प्रहरी कार्यालय दाङमा पुन विरुद्ध उजुरी परेपपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएससी प्रवक्ता सुमित खड्काले बताए ।
खड्काले पक्राउ परेका पुनमाथि घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । ठगी र मिटर ब्याजबारे उजुरी परेपछि प्रहरीले घोराही बजारवाट बावु पुनलाई समातेर ल्याएको हो ।
उजुरीमाथि अनुसन्धान प्रहरीले गरिरहेको छ । खड्काले प्रहरीमा पुनको ब्याकग्राउण्ड राम्रो नरहेको र विभिन्न गुन्डागर्दी अपराधजन्य घटनाहरुमा संलग्न रहेको देखिएको बताए ।
गुन्डा नाइके विकास पुनको ग्याङवाट छुट्टिएर पुनले आफै ग्याङ बनाएर धम्क्याउने गर्दै आएका थिए ।
तत्कालिन दाङका एसपि हालका डिआई डिआइजी धिरजप्रताप सिंहको कार्यकालमा दाङको गुन्डागर्दी पुरै नियन्त्रणमा ल्याएका थिए ।
पछिल्लो समय प्रहरीको कमजोर भुमिकाले भित्रभित्रै सुसुप्त अवस्थामा रहेको गुन्डागर्दी फेरि मौलाउन सुरु गरेको छ । ढुङ्गा, गिट्टी र धम्क्याउने गुन्डानाइके विकास पुन र बाबु पुनको पेशा बनिसकेको छ।
विकास पुन ज्यानमार्ने उद्योगमा पाँच वर्ष जेल सजाय जिल्ला, पुनरावेदनले सदर गरेपनि सर्वोच्चमा मुद्धा लडिरहेका छन् ।