arrow

नेपालमा सोमबार ४१८ जनामा कोरोना संक्रमण

logo
प्रकाशित २०७७ साउन १९ सोमबार
corona-nepal-ministry.JPG

काठमाडौं। मुलुकभरि पछिल्लो २४ घण्टामा कोरोना भाइरसका नयाँ संक्रमित ४ सय १८ जना भेटिएका छन्। स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सोमबार नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी गराएका हुन।

पछिल्लो २४ घण्टामा गरिएका कुल ७ हजार ६ सय ३७ नमुना परिक्षण गर्दा संक्रमितको उक्त संख्या भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा भने सोमबार कोरोना संक्रमितको संख्या ५१ पाइएको छ। 

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको गौतमले बताए। नेपालमा कोरोना भाइरस संक्रमणबाट हालसम्म ५७ जनाको मृत्यु भएको छ।

पछिल्लो समय सरकारले लकडाउन खुल्ला गरेसँगै कोरोना संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ।



लोकप्रिय समाचार
नयाँ