arrow

कोरोना रोकथामको नाम, स्वास्थ्य राज्यमन्त्रीको सपरिवार जिल्ला घुमघाम

logo
प्रकाशित २०७७ साउन २० मंगलबार
nawaraj-rawat-health-state-.jpg

रामेछाप । कोरोना भाईरसले मुलुक आक्रान्त बनेका बेला स्वास्थ्य राज्यमन्त्री परिवारका सवै सदस्य लिएर घुमघाममा निस्किएका छन् । 

स्वास्थ्य राज्यमन्त्री नबराज राउत श्रीमती, छोरा, छोरी, स्वकीय सचिव र दुईटा सुरक्षाकर्मीसहित सोमबार रामेछाप आइपुगेका हुन् ।

जिल्लामा भएका कोरोना सम्बन्धि गतिविधि निरीक्षण र अनुगमनका लागि भनेर आएका राज्यमन्त्री रावतले जिल्लाका जनप्रतिनिधि, पत्रकार र राजनीतिक दलका अगुवाहरुले कोरोना संक्रमणका लागि गर्नुपर्ने कामको फेहरीस्तको जवाफ दिदै घुमाउरो पारामा सरकारले जिल्लाका लागि यस भन्दा बढी केहि गर्न नसक्ने वताए । जिल्लामा पिसीआर र स्वास्थ्यकर्मीको अभाव भएकोले तत्काल व्यवस्था गर्न माग गरिएको थियो । 

मन्थलीको जिएस होटलमा स्थानीय प्रशासनको आतिथ्यको  पारिवारिक दिवाभोज पछि जिल्ला प्रशासन कार्यालयमा पुगेका मन्त्री रावतले लामो भाषण गर्दै कोरोनाबाट जोगिन भिडभाड नगर्न अर्ति दिए । 

स्वास्थ्य राज्यमन्त्रीले नेपालमा कोरोनाका लागि अर्बौ खर्च गरेको आरोप लगाइएपनि कसैले रकम हिनामिना नगरेको बताए । कोरोनाकै नाममा विना काम श्रीमती, छोरा, छोरी लिएर घुम्न निस्किएका राउत रामेछाप आएर भने कुनै उपलव्धि नभएको बैठकका एक जनप्रतिनिधिले बताए ।

पिसीआर परिक्षणको रिपोर्ट १० औं दिनसम्म नआएको, आरडिटी प्रभावकारी नभएको, स्वास्थ्य कार्यालयमा बजेट प्रयाप्त नभएको, स्थानीय सरकारलाई क्वारेन्टाईन र आइसुलेसन कक्ष संचालनमा कठिनाई भएको, स्वास्थ्यकर्मीको अभाव रहेको जस्ता समस्या सुनाएका सहभागीलाई राज्यमन्त्री राउतले चित्तबुझ्ने जवाफ दिन सकेनन् । 

उनले जनताको माग बमोजिम लकडाउनलाई खुकुलो बनाएको भन्दै सरकार नागरिकका लागि जस्तोसुकै कदम उठाएर भए पनि कोरोना रोकथामका लागि लागिपरेको रावतले बताए । 

मन्थलीको कार्यक्रम पछि उनको लस्कर रामेछाप नगरपालिका, जिल्ला अस्पतालतिर लागेको छ । राज्यमन्त्री रावतले आइतवार काभ्रे जिल्लामा परिवार सहित घुमफिरमा विताएको श्रोतले उल्लेख गरेको  छ।



लोकप्रिय समाचार
नयाँ