arrow

घुस लिएको अभियोगमा राजश्व अधिकृत पक्राउ

logo
प्रकाशित २०७७ साउन २० मंगलबार
ghussahit-pakrau.jpg

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले आज नियन्त्रणमा लिएको छ । 

बुटवल–१३ बुद्धचोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुसबापत रु दुई लाख लेनदेन गर्दै गरेको अभियोगमा प्रमुख रानालाई आयोग बुटवलको टोलीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख भीष्मराज भुसालले जानकारी दिए । 

रानालाई व्यापारीसँग महिनामहिनामा पैसा लिने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा आज बिहान १०.३० बजे पक्राउ गरिएको बताइएको छ ।  यसअघि सोमबार स्रोत नखुलेको रकमसहित बाँके राष्ट्रिय निकुञ्जका दुई कर्मचारीलाई रु आठ लाख ९८ हजारसहित आयोगले पक्राउ गरेको थियो । 



लोकप्रिय समाचार
नयाँ