कोरोना कहर: नेपालगन्ज कारागार, वडा प्रहरी र ईलाका प्रहरी कार्यालय कोहलपुर शिल गरियो
प्रकाशित २०७७ साउन २० मंगलबार
101
Shares
नेपालगन्ज । नेपालगन्जको वडा प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय कोहलपुर शिल भएको छ। कोहलपुर ईलाकामा रहेको एक जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरलाई शील गरिएको छ ।
त्यस्तै वडा प्रहरी कार्यालय नेपालगन्जमा ६ जना प्रहरीलाई कोरोना संक्रमण भएसँगै सो कार्यालयलाई समेत शिल गरिएको छ। त्यसैगरि नेपालगन्ज कारागारमा कोरोना संक्रमित भेटिए सगै उक्त कारागारलाई समेत शिल गरिएको छ।
नेपालगन्जमा अहिले कोरोना बढदै गएपछि त्रासको बाताबरण बन्दै गएको छ। समुदायमा समेत कोरोना फैलिए पछि बाँकेमा शनिबारसम्म निशेधाज्ञा बढाइएको छ।