कपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित एक जना प्रकाउ परेका छन् । मायादेवी गाउँपालिका वडा नं. १ पकडीका ३६ बर्षीय विनोद सोनारलाई १६ लाख रुपैयाँसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरिक्षक सन्तोष देवकोटाले बताए ।
भारतबाट नेपाल आउँदै गरेका उनी बिशेष सुराकीका आधारमा मायादेवी गाउँपालिका वडा नं. ४ ठकुरापुर गोब्ली बगैंचाबाट सशस्त्र प्रहरीको नियन्त्रणमा परेका हुन् ।पक्राउ परेका सोनारको साथबाट १ हजार दरका एक एक सय थानका १२ गड्डी र ५ सय दरका एक एक सय थानका ८ गड्डी बरामद गरिएको जनाइएको छ ।
पक्राउ परेका सोनार र १६ लाख रुपैयाँ सुठौली भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरिक्षक देवकोटाले बताए । सुनको अवैध कारोवार गर्दै आएका उनले नेपाल तर्फबाट सुन भारत तर्फ तस्करी गर्नका लागि सो रकम ओसारपोसार हुँदै गरेको हुन सक्ने आशंका गरिएको छ ।