काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु निकै बढेका छन् । तर जत्ति संक्रमित बढेका छन् त्यत्तिकै मात्रामा संक्रमितलाई निको भएको छ ।
मंगलबार ५१ हजार २८२ जना नयाँ संक्रमित थपिएका छन् । तर ५१ हजार २२० जना संक्रमितलाई निको पनि भएको छ ।
यो अहिलेसम्मकै सबैभन्दा बढी हो । कोरोनाबाट अहिलेसम्म १९ लाख ६ हजार ६१३ जना संक्रमित भएका छन् ।
हाल ५ लाख ८४ हजार ६८४ जना सक्रिय संक्रमित रहेका छन् ।
निको हुनेको संख्या १२ लाख ८१ हजार ६६० पुगेको छ ।
मृतक मंगलबार ८४९ थपिएका छन् । अहिलेसम्म मृतकको संख्या ३९ हजार ८२० पुगेको छ ।
विगतमा कति थिए संक्रमित, निको हुने र मृतक ?
सोमबार भारतमा ५० हजार ६२९ जना संक्रमित देखिएका थिए । आइतबार पनि भारतमा सबैभन्दा बढी कोरोना संक्रमित देखिएका थिए । आइतबार ५२ हजार ७८३ जना संक्रमित देखिए पनि त्यो भारतको रेकर्ड नभए पनि सोमबार र आइतबार भने विश्वभरमै सबैभन्दा बढी संक्रमित भारतमा भेटिएका थिए ।
भारतले दुवै दिन अमेरिका र ब्रजिललाई समेत उछिनेको थियो । सोमबार अमेरिकामा ४७ हजार ९७० जना संक्रमित भेटिएका थिए भने ब्रजिलमा मात्र १७ हजार ९८८ जना संक्रमित थपिएका थिए ।
आइतबार अमेरिकामा ४९ हजार ३१ तथा ब्रजिलमा २४ हजार ८०१ मात्र नयाँ संक्रमित थपिँदा भारतमा ५२ हजार ७८३ संक्रमित देखिएका हुन् ।
भारतमा गत शुक्रबार सबैभन्दा बढी संक्रमित देखिएका थिए । त्यो दिन ५७ हजार ४८६ जना नयाँ संक्रमित थपिएका थिए । त्यो भारतमा अहिलेसम्मकै बढी हो ।
शनिबार ५४ हजार ८६५ जना संक्रमित फेला परेका थिए । बिहीबार ५४ हजार ७५० जना संक्रमित थपिएका थिए । बुधबार ५२ हजार २६३ जना संक्रमित भएका थिए ।
सोमबार ८०६ जनाको ज्यान गएको थियो ।आइतबार ७५८, शनिबार ८५२ जनाको ज्यान गएको थियो । त्यो अहिलेसम्मकै तेस्रो उच्च अंक थियो । भारतमा एकैदिन सबैभन्दा बढी २ हजार ४ जनाको ज्यान गएको थियो ।
सोमबार ४३ हजार ७० जनालाई निको भएको थियो । आइतबार ४० हजार २१३ जनालाई निको भएको थियो । शनिबार ५१ हजार २३२ जनालाई निको भएको थियो । यो अहिलेसम्मकै सबैभन्दा बढी हो ।
भारतले अहिलेसम्म दुई करोड ८ लाख ६४ हजार ७५० भन्दा बढी मानिसको परीक्षण गरिसकेको बताएको छ ।
भारतमा आरटीपीसीआर र एन्टिजन गरी दुई प्रकारको परीक्षण भइरहेको छ ।