काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा बढुवा हुने टिमको टुंगो लागेको छ । मंगलबार रातिको खेलमा लण्डन क्लब फुल्हम बढुवा भएसंगै बढुवा हुने तीन वटै टिमको टुंगो लागेको हो ।
च्याम्पियनसिपको प्ले अफमा ब्रेन्टफोर्डलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै फुल्हम पाँच वर्षपछि प्रिमियर लिगमा फर्किएको हो ।
वेम्बलीमा खेलको निर्धारित समय र थप गरिएको समयमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा जोइ ब्रायनले दुई गोल गरेपछि फुल्हम प्रिमियर लिगमा बढुवा भएको हो । ब्रायनले ४० यार्डबाट प्रहार गरेको फ्रिकिक गोल भएको थियो । यस्तै अतिरिक्त समयमा ब्रेन्टफोर्डका हेन्रिक डालसगार्डले एक गोल फर्काएका थिए ।
जितसंगै फुल्हमले १३५ मिलियन पाउन्ड पाएको छ । अर्थात् मंगलबार रातिको खेल १३५ पाउन्डको ज्याकपट थियो ।
यस सिजन लिड्स र वेस्ट ब्रुम प्रिमियरसिपको शीर्ष दुईमा रहेर प्रिमियर लिगमा बढुवा भएका थिए भने लिगमा चौथो भएको फुल्हमले प्लेअफ खेलेर आफ्नो ठाउँ बनाएको हो ।