काठमाडौं । इटालियन सिरि ए फुटबल प्लेयर अफ दी इयरको उपाधि पाउलो ड्याबालाले जितेका छन् । युभेन्ट्सका फरवार्ड ड्याबालाले आफ्नै क्लबका चर्चिच सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यो सिजनको प्लेयर अफ दी इयर अवार्ड हात पारेका हुन् ।
सिरि एले बार्षिक रुपमा प्रदान गरिने अवार्ड ड्याबालालाई दिने निर्णय गरेको हो । रोनाल्डोले दोस्रो सिजन सो अवार्ड प्राप्त गर्न सकेनन् । पहिलो सिजनमा उनले सो अवार्ड प्राप्त गरेका थिए ।
ड्याबालाले यस सिजन ३३ खेलमा ११ गोल गरेका थिए । उनले ११ गोलको अवसर समेत सिर्जना गरेका थिए ।
प्लेमेकरको जिम्मेवारी पाएका ड्याबालाले लगातार नवौं पटक युभेन्ट्सलार्ई लिग जिताउन महत्वपूर्ण जिम्मेवारी निर्वाह गरे ।
रोनाल्डोले यस सिजन सिरि एमा ३१ गोल गरे पनि यो अवार्ड भने ड्याबालाले खोसेका छन् ।