arrow

सत्ताको आडमा नेकपा कार्यकर्ताद्धारा शिक्षकमाथि निर्घात कुटपिट, पाए कांग्रेस भएको सजाय

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ साउन २१ बुधबार
bishnu-raj-dhami-teacher-be.jpg

मुगु । मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा नेपाल कम्युनिष्ट पाटीका कार्यकताले एक शिक्षकलाई अपहरण गरी निर्घात कुटपिट गरेका छन् ।

सोरु गाउँपालिका वडा नं ३ भिई गाउँ घर भई हाल कालिका आधारभुत विद्यालय लिबु्रमा कार्यरत ३४ बर्षिय शिक्षक बिष्णुराज धामीलाई नेकपाका कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।

तत्कालीन नेकपा माओवादीबाट संविधान सभामा मुगु जिल्लाबाट निर्वाचित पुर्व सांसद नवराज धामीका छोरा मनोज धामीको नेतृत्वमा सोमबार राति १ बजे घाईते धामीको घरमा आएका ७ जना नेकपा कार्यकर्ताहरुले अपहरण शैलीमा धामीलाई घरबाट पाँच सय मिटर टाढा रहेको काटीया खोलामा लगि निर्घात मरणासन्न हुने गरी कुटपिट गरेर घार्ईते बनाएको दाई डिल बहादुर धामीले बताए ।

उनका अनुसार भाइलाई टाउको, पिठ्यु र तिघ्रामा चोट लागेको छ । तत्काल उपचारका लागि गाउँमा सम्भव नभएको र सदरमुकाम गमगढी पुग्न २ दिन लाग्ने भएपछि उपचारका लागि जिल्ला प्रशासन कार्यालय मुगुको समन्वयमा हेलिकप्टरको व्यवस्था मिलाई मंगलबार घाईतेको माउन्टेन हलिकप्टबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगी उपचार भैरहेको छ  ।

घाईते धामी नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघमा आवद्ध रहेको र गाँउमा पूर्व सांसदकोे दबदवा रहे पनि काँग्रेस समर्थकहरुले सांसद लगायत उनका सन्तानको दवदवाको सधै विरोध गर्ने भएकाले सत्ता र पदको दुरुपयोग गदै नेकपाका कार्यकर्ताहरुले आफना भाइलाई राती सुतिरहेका बेला अपहरण शैलीमा घरबाट टाढा लगी मार्ने उदेश्यले कुटपिट गरेको दाइ डिल बहादुरले बताए ।

सोमबार दिउसो गाउँमा रहेको विद्यालयमा फुटबल खेल खेल्दा झगडा गर्ने निउ खोजेका पूर्व सांसदका सन्तान तथा नातागोताहरुले राती बाटोमा कुरेर बसे पनि बाटोमा कोही नआएपछि राती घर मै गएर घिसार्दै गाउँ नजिक कै लिएर कुटपिट गरेका थिए ।

दिउँसो फुटबल खेल्दा विवाद भएको र राति पूर्णिमा मेला लागेको ठाउँमा समेत विवाद भएपछि सुत्न गएका घाइते धामीको घरमा राति १ बजेतिर सोही गाउँका मनोज धामी सहितको ७ जनाको गई शिक्षक धामीलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र सोरुकोटबाट भिई गाउँमा गएको प्रहरी टोलीले कुटपिटमा संलग्नहरुको खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताए ।

केहि दिन अघि मात्र नेकपाकै कार्यकर्ताहरुले रेडियो श्रीनगर एफएम मुगु सम्वाददाता खेमराज बुमीलाई पनि कुटपिट गरेपछि घाईते दाइसहित पत्रकार खेमराज जिल्ला सदरमुकाममा जाहेरी गर्न आएका थिए । 

दाइ सदरमुकाममै रहेको बेला भाइलाई कुटपिट गरिएकोले अगाडिको घटनालाई प्रभावित बनाउन भाइलाई कुटपिट गरिएको हुनसक्ने आँकलन गरिएको छ । 

घाइते बुमीका दाजुभाइ स्थायी शिक्षक भएको र गाउँमा आउने विकास तथा अन्य कामकुराको सधै पारदर्शी हिसाबकिताब खोज्ने भएकाले यिनीहरुलाई ठेगान लगाए गाउँमा आफ्नो र पार्टी एकलौटी बर्चश्व हुने भएकाले ज्यान मार्ने ध्येयले कुटपिट गरेको पीडित परिवारले बताएका छन्।
यसैबीच नेपाल शिक्षक संघ मुगुले मंगलबार एक प्रेस विज्ञप्ति निकाल्दै घटनाको निन्दा गरेको छ । 



लोकप्रिय समाचार
नयाँ