arrow

एक लाख नाघ्यो सुनको मूल्य

logo
प्रकाशित २०७७ साउन २१ बुधबार
gold-plate.jpg.jpeg

काठमाडौं। बुधबार सुनको मूल्य प्रतितोला  १ लाख रुपैयाँ भन्दा माथि उक्लेको छ। नेपाल सुनचाँली व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ रहेको छ।

मंगलबारको तुलनामा एकै दिन १ हजार ६ सय रुपैयाँले मूल्य बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको म हासंघले जानकारी दिएको छ । यसअघि मंगलबार सुनको मूल्य ९९ हजार ८ सय रुपैयाँ प्रतितोला रहेको थियो।

महासंघका अनुसार बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ रहेको छ। त्यस्तै बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ रहेको महासंघले जनाएको छ।
 



लोकप्रिय समाचार
नयाँ