arrow

ट्युसनको बहानामा विद्यालय संचालन

विद्यालयलाई आवश्यक कारवाही अगाडी बढाउन निर्देशन

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ साउन २१ बुधबार
mugu-school-class.jpg

मुगु। सरकारले कोरोना संक्रमण फैलने भन्दै दुई वा दुई भन्दा बढी मानिस भेला,जमघट हुने कार्यक्रम तथा काम नगर्न भनेको भएपनि मुगुका यसको वेवास्ता गरिएको छ ।

गत चैत ११ गतेबाट लगाउदै आएको लकडाउन साउन ६ गते मध्यरातबाट अन्त्य गरेर केहि सिमित कामहरु संचालनका लागी खुकुलो पारिएता पनि शैक्षिक सस्था, व्यापारिक केन्द्र, सिनेमा हल, कलेज, टयुसन सेन्टर, तालिम केन्द्र, तालिम, सभा, गोष्टी, भेला, सम्मेलन जस्ता बढी मानिस जमघट हुने कार्यहरु संचालन गर्न सरकारले अनुमती दिएको छैन तर मुगुका केहि निजी शैक्षिक संस्थाहरुले सरकारको विद्यालय संचालनको निर्णय नै नहुँदै आफुखुशी  टिउसनका नाममा विद्यार्थी बोलाएर कक्षा संचालन गर्ने गरिएको पाईएको छ ।

जिल्ला सदरमुकाम गमगढीमा रहेका थापा मेमोरियल बोडिङ्ग स्कुल, रारा डाईनामिक ईग्लिस बोडिङ्ग स्कुल र समता स्कुलले ट्युसनका नाममा कक्षा संचालन गरेको पाईएको छ ।

सरकारले भदौ १ गतेबाट विद्यार्थी भर्ना लिने भने पनि कक्षा संचालन बारे कुनै निर्णय नगरिरहेको अवस्थामा यहाँका निजी विद्यालयहरुले आफु खुशी ट्उसन पढाएर कक्षा संचालन गरिरहेका छन ।

साना बालबालिकालाई कारोना बारे जानकारी नभए पनि अविभावकहरुले आफना बच्चाहरुको स्वास्थ्य भन्दा पढाईलाई प्राथमिकता दिएपछि बालबालिकाको स्वास्थ्य माथी विद्यालय, शिक्षक र आमाबाबुहरुले खेलवाड गरेको देखिन्छ ।

एक अविभावकले नाम नबताउने सर्तमा भने ‘कोरोना बारे आफुहरुलाई जानकारी भएपनि विद्यालयहरुले स्वास्थ्य सुरक्षा अपनाई कक्षा संचालन गर्ने बताएपछि आफना छोरा छोरीहरुलाई पढन पठाएको र विद्यालयमा भेडा राखे झै राखिएको पाईएकाले अब विद्यालयमा पढ्न पठाउन्न’ ।

टिउसनका नाममा कक्षा संचालन भैरहेका विद्यालयहरुमा न त मास्क प्रयोग गरिएको छ न त सामाजिक दुरीको पालना। विद्याथीहरुलाई एउटा कक्षा कोठामा जम्मा गरेर पढाउने गरिएको छ । यदि कोहि कसैमा कारोना संक्रमण भए सबै विद्यार्थीमा फैलने जोखिमका रहेको छ ।

विद्यालय खोलेमा कोरोना लाग्ने तर टियुसनका नाममा कक्षा संचालन गरे नलाग्ने जस्तो गरेर यहाँका निजी विद्यालय संचालकहरुले कक्षा संचालन गरिरहेका छन ।

सरकारको निर्णय बिना विद्यालय लागायत धेरै मानिस जमघट हुने काम संचालन नगर्न सार्वजनिक सुचना गरिएको भएपनि सुचनाको वेवास्ता गदै केहि निजी विद्यालयहरुले कक्षा संचालन गरिरहेको जानकारी आएकाले आजै स्थानिय सरकार अन्तरगतका शिक्षा शाखा, जिल्ला शिक्षा तथा समन्वय ईकाई र सामाजिक विकास कार्यालयहरुलाई जानकारी गराई त्यस्ता कार्य गर्ने विद्यालयलाई आवश्यक कारवाही अगाडी बढाउन निर्देशन दिने प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत व्यवस्थापन समितीका संयोजक कृष्ण कुमार निरौलाले बताए ।

छायाँनाथ रारा नगरपालिका भित्रका केहि निजी विद्यालयहरुले ट्युसनका नाममा कक्षा संचालन गदै आएको जानकारी पाएर मौखिक रुपमा सरकारको निर्णयबिना कक्षा र विद्यालय संचालन नगर्न अनुरोध गरे पनि निजी विद्यालयहरुले अटेरी गरेकाले अब पत्र नै काटेर कक्षा संचालन रोक्न लगाउने र त्यसो गर्दा पनि अटेरी गरे  नगर शिक्षा ऐन, नियमावली र स्थानिय सरकार संचालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गदै कारवाही अघि बढाउने छायाँनाथ रारा नगरपालिका शिक्षा शाखा प्रमुख खड्क बहादुर रोकाया बताउँछन् ।

पैसा असुल्न टियुसनको बाहना दोष जती अविभावकलाई

कोरोना संक्रमण फैलने भन्दै सरकारले शैक्षिक सस्थाहरु सचांलन गर्न रोक लगाए पछि अविभावकबाट शुल्क उठाउन नपाएका निजी विद्यालयका संचालकहरुले अविभावकबाट पैसा असुल्न विद्यार्थीलाई ट्युसन पढाउने भन्दै शुल्क अशुली गर्ने काईदाको उपाय रचेर फाईदा आफुले लिए पनि दोष जति अविभावकहरुलाई दिने गरेका छन् ।

अविभावकहरुले लामो विदाका कारण आफना बालबालिका विग्रको भन्दै कम्तिमा विद्यालय संचालन हुन्जेलसम्म ट्युसन पढाई दिन अनुरोध गरेपछि स्वास्थ्य सुरक्षाका उपाय अपनाउदै विहान ८ बजे र बेलुका ४ बजे प्रति महिना प्रति विद्यार्थी रु ५०० शुल्क लिने गरि ट्युसन पढाउने गरेको थापा बोडिङ्ग स्कुलका संचालक विकास थापाले बताए ।

मुगुमा कोरोनाको संक्रमण नभएकाले विद्याथीहरुलाई पढाएमा केहि फरक नपर्ने जस्तो देखेर अविभावकहरुको अनुरोधमा कक्षा संचालन गरेको पनि उनले बताए ।

जिल्लामा रहेका अन्य निजी विद्यालयहरुले कक्षा संचालन गरेपछि अविभावकहरुले कक्षा संचालन गर्न दवाव दिन थालेपछि बाध्य भएर गत १६ गतेबाट सामाजिक दुरी र स्वास्थ्य सुरक्षा अपनाएर आफुले कोचिङ्ग कक्षा संचालन गरेको समता स्कुलका प्रध्यानध्यापक सोविना रावलले बताईन् । उनले पनि जिल्लामा कोरोना संक्रमित शुन्य भएकाले कक्षा संचालन गर्दा केहि फरक नपर्ला भन्ने सोचेर विद्यालयका कोचिङ्ग कक्षा संचालन गरेको बताईन्।

गत साउ १३ गते अविभावकहरुको बैठक बसी ८, ९ र १० कक्षाका विद्याथीहरुलाई गणित, अग्रेजी, विज्ञान र अतिरिक्त गणित विषयका विद्याथीलाई थर्मलगनबाट तापक्रम नापेर सामाजिक दुरी अपनाउँदै ट्युसन कक्षा संचालन गदै आएको रारा डाईनामिक ईग्लिस बोडिङ्ग स्कुलका लेखापाल विष्णु खड्काले बताए।

लेखापाल खड्काले कक्षा ८, ९ र १० कक्षाका विद्यार्थीहरुलाई ट्युसन पढाएको बताएपनि नर्सरी देखि माथीका सबै कक्षा संचालन हुदै आएको स्रोतले बताएको छ । स्रोतका अनुसार बोडिङ्गले माथिल्लो कक्षाका लागी मासिक १ हजार र तल्लो कक्षाका लागी ५ सय शुल्क लिंदै आएको छ ।

 



लोकप्रिय समाचार
नयाँ