arrow

लगानी बोर्ड सिइओमा भट्टको पदबहाली

logo
प्रकाशित २०७७ साउन २१ बुधबार
sushil-bhatta.jpg

काठमाडौं । लगानी बोर्डमा नियुक्त भएका सुशिल भट्टले विवादका बीच पदबहाली गरेका छन् । गत सोमबार मन्त्रीपरिषदको बैठकले बोर्डमा नियुक्त गरेका भट्टले बुधबार एक कार्यक्रमका बीच बोर्डमा पदबहाली गरेका हुन् ।

‘लगानी बोर्डको कार्यालयका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले कार्यालयमा आयोजित एक कार्यक्रममा बीच पदबहाली गर्नुभएको छ’ लगानीबोर्डको वेवसाइटमा उल्लेख छ।

सोमबार मन्त्रीपरिषदको बैठकले उनलाई बोर्डको सिइओ नियुक्त गरेपछि नियुक्त गर्ने प्रक्रिया र नियुक्त गर्ने सरकारको आलोचना भइरहेको छ ।

ठेक्कापट्टा हातमा लिएर अलपत्र पारेको र बिचौलियाको काम गरेको आरोप भट्टमाथि लाग्दै आएको छ ।



लोकप्रिय समाचार
नयाँ