दार्चुला । दार्चुलामा आफ्नै आमा हत्याको आशंकामा छोरा पक्राउ परेका छन् । जिल्लाको दुहुँ गाउँपालिका —३ ब्रम्हदेवका ८० वर्षीया वृद्ध आमा नारुदेवी बमको हत्या गरेको आशंकामा ५३ वर्षीय छोरा नरबहादुर बम पक्राउ परेका हुन् ।
बमले आमालाई लाठ्ठीले पिटेर बेहोस बनाएको तथा लगत्तै घर नजिकै रहेको खोलामा फालेका थिए । नरबहादुरको मानसिक अवस्था ठीक नभएको जनाइएको छ ।
स्थानियकै अनुसार उनले लाठ्ठीले पिटेपछि बेहोस भएकी आमालाई घर नजिकैको खोलामा लगेर पानीको खाल्टोमा राखेका थिए ।
प्रहरीका अनुसार घरबाट आमालाई नुहाउँन लग्छु भन्दै हत्या गरेको अवस्थामा वृद्धको शव फेला परेको जनाइएको छ । घटनाको विस्तृत विवरण आउन बाकी छ ।
आरोपित नरबहादुरलाई ब्रह्मदेव प्रहरी चौकीबाट घट्ना स्थल पुगेका प्रहरीले नियन्त्रणमा लिएका छन् । घट्नाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक भाष्कर चन्दको कमाण्डमा प्रहरीको टोली घट्ना स्थल तर्फ गएको छ ।