रंगेलीमा कोरोनाबाट एकको मृत्यु, मृतक पुगेका थिए विद्युत प्राधीकरण
किरण न्यौपाने,
प्रकाशित २०७७ साउन २१ बुधबार
103
Shares
रंगेली । पछिल्लो समय मोरङको रंगेलीमा समुदाय स्तरमै कोरोना देखिए लगतै बुधबार रंगेलीका एक ४५ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । मृतक रंगेली नगरपालीका ८ चिहानडाढाका हुन् । उनको कुनै ट्राभल डिस्ट्री नभएको बुझीएको छ ।
गए रातिदेखि एक्कासी ज्वरो आएपघि बुधबार विहान सास समेत फेर्न समस्या भएपघि उपचारका लागि विराटनगर कोशी अञ्चल अस्पताल लैजादै गर्दाबाटो मै मृत्यु भएपघि कोरोना परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखाएको कोशी अञ्चल अस्पताल विराटनगरका मेसुलाई उदृत गर्दै रंगेलीका मेयर दिलीप वगडीयाले जानकारी दिए ।
मृतक ४५ वर्षिय पुरुष केही दिन अधि रंगेली स्थीत नेपाल विद्युत प्राधीकरण विद्युत मिटर लिन गएको बुझिएको छ । उनले एक साता अधि वडा कार्यालयबाट विद्युत मिटरको सिफारीश लिएको वडाध्यक्ष ढकप्रसाद आचार्यले जानकारी दिए ।
यस अघि रंगेली अस्पतालका ३स्वास्थ्यकर्मी, नेपाल विद्युत प्राधिकरणका ५ जना कर्मचारी सहित रंगेलीको एकै परिवारका १४ जना सहित २२ जनामा कोरोना पोजेटिभ देखाएको थियो ।