रौतहट । आउँदो २४ गते शनिबारदेखि रौतहट जिल्ला समेत बन्द हुने भएको छ । बुधबार जिल्ला सुरक्षा समितीको बैठकले रौतहट लगायत छिमेकी जिल्लाहरूमा समेत कोरोनाको संक्रमण बढेसँगै जिल्ला बन्द गर्न निषेधाज्ञा जारी गरेको छ ।
रौतहटमा पनि समुदायमा संक्रमण फैलिने त्रास भएकाले जिल्ला बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । उनका अनुसार जिल्ला साउन २४ गतेदेखि ३२ गतेसम्म पूर्णरूपमा बन्द रहने छ ।
एक साताको अबधिभरी अत्यावश्यक बाहेकका सबै सवारीसाधन बन्द रहने छ्न भने सरकारी, निजी सबै कार्यालय ,बजार बन्द रहने छ्न ।
प्रजिअ घिमिरेले स्वास्थ मापदण्ड अनिवार्य कायम गर्दै कोरोना संक्रमण नियन्त्रणमा सघाउन जिल्लाबासीमा अपिल समेत गरेका छन्।