कपिलवस्तु । कपिलवस्तुमा बुधवार थप ७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ८१८ पुगेको छ । शिवराज नगरपालिकाका २ जना पुरुष र १ जना महिलालाई कोरोना देखिएको छ ।
त्यस्तै कपिलवस्तु नगरपालिकाका १ महिला ३ पुरुष रहेका छन् । सबै नमुना समुदायबाट लिएको थियो । सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परिक्षण गरिएको स्वास्थ कार्यलय, कपिलवस्तुले जनाएको छ ।
मंगलबार र बुधबार संक्रमित भएका मध्ये ५ जना ५ वटा कर्मसियल बैकंका कर्मचारीहरु रहेका छन् । जिल्लामा समुदाय स्तरमा संक्रमण देखिन थालेपछि थप जटिलता हुने तर्फ सरोकारवाहरुले चिन्ता व्याक्त गरेका छन् ।