नवलपरासी । नवलपरासी पश्चिम जिल्लाको दक्षिणी सिमावर्ती क्षेत्र सरावल गाउपालिका वडा न.६ बड्सारेबाट प्रहरी चौकी महेशपुरले नेपालबाट भारततर्फ अवैध रूपमा भित्र्याउनको लागि कहिले भारतबाट नेपाल भित्र्याउनको लागि क्याडेनियन मटर (केराउ ) साडी, लेडिज कुर्ता, जेन्स भित्री कपडा, धनियाको बिउ लगायत करिब १ लाख १ हजार ३ सय ८० मुल्य बराबरको मालसामान बुधबार नियन्त्रणमा लिएर कार्यवाही प्रक्रिया अगाडि बढाएको छ ।
उक्त नियन्त्रण गरिएको मालसामान साइकल र मोटरसाइकलमा राखेर लैजादै गर्दा प्रहरीलाई देखेपछि तस्करहरुले सामान फालेर भागेका थिए । सकृय बन्दै गएको सिमा प्रहरी चौकी महेशपुरको नेतृत्वमा खटिएको गस्तीटोलीले सो मालसामान नियन्त्रणमा लिन सफल भएको थियो ।
जिल्लामा एसपी अजय केसी आएपछि तस्करहरुको रुवाबासी चलेको छ । केसी जिल्लामा आएको ढाई महिना नपुग्दै करिब एक करोडौंको सर समान नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि भन्सार पठाउने गरेका छन । केसीको कडा निर्देशनमा प्रहरी सक्रिय भएको बुझिएको छ । दिनहु प्रहरीले भन्सार छलि अवैध सर समान नियन्त्रणमा लिएर भन्सार पठाउदा राजस्वमा समेत वृद्धि भएको महेशपुर भन्सारका कार्यालय प्रमुख हेमचन्द्र शर्माले बताए ।
बरामद गरिएको मालसामान आवश्यक कार्यवाहीका लागी महेशपुर भन्सार कार्यालय पठाइने गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।