सर्लाही । सर्लाहीमा पनि बुधबार रोपाइँ जात्रा मनाइएको छ। सर्लाहीको लालबन्दी नगरपालिका १३ पत्थरकोटमा भीमशेन गूठीको आयोजनामा रोपाइ जात्रा मनाइएको हो ।
आफ्नो धर्म सँस्कृतिको संरक्षण र भावि पुस्तालाई आफ्नो परम्परा वारे जानकारी गराउने उद्धेश्यले रोपाइँ जात्रा आयोजना गरिएको भीमशेन गूठीका अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । पहिलेको पुस्ता भन्दा पछिल्लो पुस्ताले यस्ता जात्रा आत्मसाथ नगर्दा यस्तो परम्पराहरु भबिष्यमा रहन्छन् या रहदैँन्न् भन्ने कुरामा अन्यौल रहेको ज्येष्ठ नागरिक मोतीलाल श्रेष्ठले गुनासो गरे ।
रोपाइँ जात्रा जस्ता अन्य रिति र परम्पराहरुको संरक्षण होस् भनेर आफुँहरु मिलेर वि.सं.२०५० सालमा भीमशेन गूठी स्थापना गरेर निरन्तररुमा जात्रा लगाउदै आएको संविधान शभा सदस्य शम्भु लाल श्रेष्ठले जानकारी दिए ।
भावि पुस्तालाई यस्तो जात्रा गर्न सहज होस् भनेर सम्पूर्ण गुठीका व्यक्तिहरुको सहयोगमा ५० लाखको कोष समेत खडा गरेको लालबन्दी नगरालिका १३ का वडाअध्यक्ष शिवकृष्ण बैद्यले जानकारी दिए ।