काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवादले उग्र रुप लिएकै बेला बुधबार दिउसो चार नेताहरुले ५० भन्दा बढी पत्रकारबीचमा अहिलेको लडाई पदीय भागवण्डाका लागि नभएको बताएका छन् ।
आन्तरिक विवाद दिनप्रतिदिन जटिल मोडमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहले अहिलेको विवादलाई पदीय लडाई भएको प्रचारबाजी गरेको भन्दै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल तथा नारायणकाजी श्रेष्ठले सो कुरा बताएका हुन । उनीहरुले पार्टीको आन्तरिक विवादलाई पदसँग जोडेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
पत्रकारमाझ नेताहरुले आफ्ना बारेमा गरेको टिप्पणी थाहा पाएपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हुने भनिएको छलफलसमेत स्थगित भएको छ । आन्तरिक विवाद समाधानका लागि बुधबार साँझ हुने भनिएको छलफल प्रधानमन्त्री केपी शर्मा ओलीले समय अभाव भन्दै स्थगित गरिदिएका थिए । बरु उनले राती आठ बजेपछि राष्ट्रपतिलाई भेटन् शितल निवास पुगेका थिए ।
दुई अध्यक्ष र वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ सहित विवाद निरुपणको लागि तीन दिनदेखि लगातार छलफल भएपनि कुनै टुंगोमा पुगेको छैन । एकता प्रकृयादेखि अहिलेसम्म आइपुग्दा ओली दाहालवीच सरकार सञ्चालन र पार्टी सञ्चालनकै विवादमा कुरा मिल्न सकेको छैन । नेकपाभित्र सरकारले पार्टी चलाउने कि पार्टीले सरकार सञ्चालन गर्ने भन्ने प्रश्न गहिरिदै गएको छ । सचिवालय सदस्यहरु अध्यक्ष दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ भने पार्टीले सरकार सञ्चालन गर्नुपर्ने अडानमा छन् । उनीहरुले राखेको अडानमा पार्टी स्थायी कमिटी बैठकमा बहुमत सदस्यहरु समेत सहमत रहेका छन् ‘पार्टी एकतालाई भर्याङका रुपमा सोच्न नहुने कसैलाई शक्तिशाली बनाउन मात्रै पार्टी एकता नभएको र पार्टीलाई व्यक्तिले नभई विधिले सञ्चालन गर्नुपर्छ अहिलेको लडाई यही हो, यो कुनै पदको लडाई होइन’, अध्यक्ष दाहालले राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा चार शीर्ष नेतालाई अगाडी राखेर भने ।
राजधानीमा बुधबार चार शीर्ष नेताहरुको एउटै स्वर थियो ‘हामीले पदको लडाई गरेको होइन पार्टीलाई विधिमा सञ्चालन गर्नुपर्छ पदलाई महत्व दिइएको छैन प्रवृत्तिका विरुद्ध संघर्ष हो ।’ मूलतः पार्टीभित्र आफूहरुलाई पदको लडाइ हो भन्ने देखाइएको र त्यसले पार्टीको विधान र विधिलाई मिच्ने काम भएको उनीहरुको भनाई थियो । कसैले पार्टी एकतालाई भर्याङ बनाएका होलान तर मैले भर्याङ बनाएको छैन,पार्टी एकतालाई अझ सुदुढ बनाउने कुरामा लागेका छौ यसका लागि सवैले पार्टी निर्णय मान्नुपर्छ पार्टीभन्दा ठूलो व्यक्ति होइन’, अध्यक्ष दाहालले भने ।
वामदेव अब कुनै पनि गुट र समूहमा नलाग्ने
काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको वा गुटको पक्षमा नभएको स्पष्ट पारेका छन् । गौतमले आफ्नो सचिवालयमार्फत यस्तो स्पष्ट पारेका हुन् । मंगलबार प्रचण्ड वामदेवलाई भेट्न भैंसेपाटी पुगेका थिए । वामदेवका प्रेससहयोगी विश्वमणि सुवेदीले यसबारेमा सञ्चारमाध्यमलाई इमेलमार्फत प्रेस नोट पठाउदै प्रचण्ड र गौतमको भेटलाई निकै अर्थपूर्ण हेरिएको भन्दै स्पष्ट पारेका हुन् । प्रचण्ड, माधव नेपालको गुटबाट बाहिरिएर एकाएक अर्का अध्यक्ष केपी ओलीको गुटमा गएपछि मंगलबार प्रचण्ड भैंसेपाटी गएर गौतमलाई भेटेका थिए।
उक्त भेटबाट निकै टीकाटिप्पणी भइरहेको छ। ‘उक्त भेटमा अध्यक्ष प्रचण्डले उपाध्यक्ष गौतमसँग पार्टीसँग सम्बन्धित केही समसामयिक विषयमा संक्षिप्त कुराकानी गर्नुभएको हो।’ उनले भेटबारे निकै टिकाटिप्पणी भएपछि यसबारे उनको सचिवालयको तर्फबाट स्पष्ट पनि पारेको पनि प्रेस नोटमा लेखेका छन् ।
उक्त भेटमा दाहालले ‘अब तपाई के गर्नुहुन्छ ?’ भनि सोधेको र जवाफमा गौतमले ‘म ठूलो–सानो कुनैपनि गुटमा लाग्दिन्’ भनेका थिए ।