काठमाडौं । भारतको उत्तर प्रदेशस्थित सरयू नदीमा डुंगा डुब्दा पाँच जनाको ज्यान गएको छ । १० जना अझै बेपत्ता रहेका छन् ।
देवरिया जिल्लामा बुधबार साँझ सरयू नदीमा डुंगा पल्टिँदा तीन जना एकै परिवारका दाजुभाइको समेत ज्यान गएको हो ।
मृतक र बेपत्ता हुने सबै मउ जिल्लाको मधुबन थाना क्षेत्रको चक्की मूसाडोही गाउँका बासिन्दा हुन् ।
घटनापछि तत्काल उद्धार कार्य थालिएको थियो । मृतकमा दुई महिला र तीन बालकहरु हुन् । उनीहरु ८, ६ र ४ बर्षका थिए ।
गोताखोरीले खोज्ने प्रयास जारी राखे पनि अझै बेपत्ताको खोजी हुन सकेको छैन ।
मुख्यमन्दी योगी आदित्यनाथले घटनाको जानकारी पाउनासाथ दुःख जताएका छन् । उनले मृतकका परिवारलाई ४ लाख रुपैयाँ दिने घोषणासमेत गरेका छन् ।