काठमाडौं । कोरोना भाइरसका कारण बुधबार एकैदिन ६ हजार ८ सय ३८ जनाको ज्यान गएको छ । यो एकैदिन ज्यान गुमाउनेमा सबैभन्दा धेरैमध्ये एक हो ।
बुधबार अमेरिकामा १ हजार ३११, ब्रजिलमा १ हजार ३२२, भारतमा ९१९, मेक्सिकोमा ८५७, दक्षिण अफ्रिकामा ४१४, कोलम्बियामा ३०९, पेरुमा २२१, इरानमा १८५ र रुसमा १३९ जनाको ज्यान गएको छ ।
बुधबार २ लाख ७१ हजार नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म १ करोड ८९ लाख ७४ हजार जना संक्रमित भइसकेका छन् ।
मृतक ७ लाख ११ हजार नाघेका छन् भने १ करोड २१ लाख ६२ हजार १३६ जनालाई निको भएको छ ।
यी हुन् बढी मृत्यु हुने देश
अमेरिकामा सबैभन्दा बढी १ लाख ६१ हजार ६०० भन्दा बढीको ज्यान गएको छ ।
ब्रजिलमा ९७ हजार ४१८ जनाको ज्यान गएको छ ।
मेक्सिकोमा ४९ हजार ६९८ जनाको ज्यान गएको छ ।
बेलायतमा ४६ हजार ३६४ जनाको ज्यान गएको छ ।
भारतमा ४० हजार ७३९ जनाको ज्यान गएको छ ।