arrow

बेलबारीमा बिहीबार राति १२ बजेदेखि लकडाउन हुने

logo
विवेक मिश्र, 
प्रकाशित २०७७ साउन २२ बिहिबार
belbari-corona.jpg

बेलबारी । बेलबारी नगरपालिकाले २०७७ साउन २२ गते राति १२ बजेदेखि ३२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्बय समितिका संयोजक ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बुधवार बसेको  बैठकले लकडाउन गर्ने निर्णय गरेको हो । 

लकडाउन लाई कडाई गर्ने समेत समितिले निर्णय गरेको छ । औषधी पसल, अस्पताल, मेडिकल, दूधडेरी, पेट्रोल पम्प ,पानीजन्य उद्योग, भेटेनरी भन्दा अन्य पसलहरु बन्द गर्ने निर्णय गरेको छ ।

बेलबारी नगरपालिका क्षेत्र भित्रका साप्ताहिक लाग्ने हाटबजार, नगरपालिका क्षेत्र भित्रका सरकारी कार्यालय, बैंक बित्तीय संस्था, सहकारी संस्थाबाट प्रबाहा हुने सेवा, यातायातका साधनहरु, बेलबारी नगरपालिकाका कार्यालय र सो अन्तर्गत रहेका वडा कार्यालयको दैनिक प्रशासनिक सेवा बन्द गर्ने निर्णय गरेको छ । 

यस्तै नगर क्षेत्र भित्रका स्वास्थ्य शाखा, भेटेनरी शाखा, तथा अत्यावश्यक सेवा प्रबाह सुचारु गर्ने समेत निर्णय गरेको छ ।



लोकप्रिय समाचार
नयाँ