arrow

तोकियो रक्तचन्दनको मूल्य 

logo
प्रकाशित २०७७ साउन २२ बिहिबार
raktachandan.jpeg

सुर्खेत । मूल्य निर्धारण समितिले बहुमूल्य जडीबुटी श्रीखण्ड, रक्तचन्दन लगायतको मूल्य तोकेको छ । 

जसअनुसार प्रतिकेजी श्रीखण्डको रु तीन हजार, रक्तचन्दनको रु दुई हजार, कपुरको दुई हजार ५००, तेजपत्ताको रु एक हजार तथा लप्सी, टिमूर र बकाइनोको रु ३००–३०० तोकिएको छ । 

रुद्राक्ष प्रतिगोटाको रु २००, सर्पगन्धको रु ५०० तोकिएको छ । त्यस्तै, बिरुवाका लागि दाँते ओखर प्रतिगोटाको रु २५, उन्नत जातको चिली प्रतिगोटाको रु १०० निर्धारण गरिएको जिप्रकाले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ