वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियालाई कोराना भाइरसको संक्रमण भएको छ ।
उनको बिहीबार बिहान आएको रिपोर्ट अनुसार उनलाई कोरोना पुष्टि भएको हो ।
उनी काठमाडौंबाट वीरगञ्ज आएका थिए । वीरगञ्जमै कोरोनाको पीसीआर परीक्षण गर्दा उनलाई कोरोना लागेको पुष्टि भएको हो ।
उनीसंगै कांग्रेस केन्द्रीय सदस्य रमेश रिजाल पनि वीरगञ्ज आएका थिए ।
चौरसियालाई कोरोना भएपछि रिजालले समेत परीक्षण गराउँदै छन् । साथै चौरसियाको सम्पर्कमा आएका सबैलाई पीसीआर परीक्षण गराउन भनिएको छ ।
यस्तै प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई पनि कोरोना संक्रमण भएको छ ।