arrow

६ लाख बराबरको अवैध सुर्ती बरामद

logo
रबिन्द्र यादव,
प्रकाशित २०७७ साउन २२ बिहिबार
surti1.jpg

नवलपरासी । नवलपरासी पश्चिमको सिमावर्तिबाट प्रहरीले ६ लाख मुल्य बराबरको अवैध सुर्ती बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपाल ल्याइ लुकाई राखिएको ६० बोरा (१५०० केजी) सुर्ती बरामद गरिएको प्रहरीले जनाएको छ । सुर्ती पाल्हिनन्दन गाउँपालिका ५ चमनटोलाबाट बिहिवार बिहान ७ बजे बरामद गरिएको हो ।

बरामद गरिएको उक्त सुर्ती प्रतिकेजी ४ सय रुपैंयाको दरले ६ लाख रुपैंया पर्ने र आवश्यक कारबाहीका लागी महेशपुर भन्सार पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

सुर्तीजन्य पदार्थ चुरोट , बिडीमा प्रयोग हुने खालको रहेको प्रहरीले जनाएको छ । जिल्लामा एसपी अजय केसी आएपछि तस्करहरुको भागाभाग भएको छ । वहाँ आएको ढाई महिनामा एक करोड भन्दा बढिको मालसामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार पठाइसकेका छन्।



लोकप्रिय समाचार
नयाँ