arrow

सोरुममा कोरोना संक्रमित छैनन् : यामाहा

logo
प्रकाशित २०७७ साउन २२ बिहिबार
yamaha-logo.jpg

काठमाडौं। नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजले आफ्नो सोरुमका कर्मचारीमा कोरोना नदेखिएको स्पष्ट पारेको छ। कम्पनीले बिहीबार एक सार्वजनिक सूचनामार्फत ब्याक अफिसका कर्मचारीमा कोरोना देखिएको भन्दै सोरुमका कर्मचारीमा कोरोना संक्रमण नदेखिएको स्पष्ट पारेको हो।

विभिन्न सञ्चारमाध्यममा सोरुमका कर्मचारीमा नै कोरोना संक्रमिण देखिएको भन्ने खबर आएका भन्दै सोरुमका कर्मचारीमा कोरोना नदेखिएको कम्पनीले स्पष्ट पारेको हो।

‘एमएडब्ल्युको टुह्वीलर डिभिजनको त्रिपुरेश्वरस्थित मल्ल कम्प्लेक्सको तेस्रो तलामा रहेको ब्याक अफिसमा गत आइतबार एउटा केस देखिएको थियो’ कम्पनीले जारी गरेको सूचनामा भनिएको छ, ‘त्यसपछि ट्रेसिङको आधारमा ६१ जनाको पीसीआर टेष्ट गर्दा ५ जनामा पोजिटिभ देखियो। तर, सोरुमका कुनै पनि कर्मचारीमा कोरोना देखिएको छैन।’

कोरोनाको केस देखिएको ब्याक अफिसलाई काठमाडौं महानगपालिकाबाट फ्युमिङगेट गराइसकेको र सोरुमहरुमा स्वास्थ सुरक्षाका मापदण्ड अपनाएर सोरुम खुला रहेको इन्टरप्राइजेजका मार्केटिङ हेड विक्रम पौडेलले बताए। ‘सर्तकता अपनाएका छौं। डब्ल्युएचओले भनेका सुरक्षाका कुरा लागु गरि नै राखेका छौं’ उनले भने, ‘सुरक्षित तरिकाले सूचारु गरिरहेका छौं।’

कोरोनाको केस फेला परेको ब्याक अफिस फ्युमिङगेट गराएर २५ प्रतिशत कर्मचारीमार्फत सुरक्षित तरिकाले चलिरहेको पौडेलको भनाई छ।



लोकप्रिय समाचार
नयाँ