नेपालगन्ज । नेपालगन्जमा निषेधाज्ञा उल्लंघन गर्ने २५ जनालाई नियन्त्रणमा लिइएको छ ।
निषेधाज्ञा उल्लंघन गर्ने २५ जनालाई प्रहरीले पक्राउ गरेर क्वारेन्टाइनमा राखेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
पसल खोल्ने र मास्क नलगाई हिँड्नेहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई महेन्द्र बहुमुखी क्याम्पसमा राखिएको छ ।
गत आइतबारदेखि जारी निषेधाज्ञाको पूर्ण पालना नभएको गुनासो बढेपछि प्रजिअ कुरुम्बाङ आफैं फिल्डमा खटिएका थिए।