नेपालगन्ज। बाँकेमा कोरोना संक्रमितको संख्या थपिने क्रम बढीरहेको छ। बिहिबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेमा समुदायमा कोरोना फैलिएको सोझै अनुमान गर्न सकिन्छ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा जिल्लाका विभिन्न ठाउँका १६ जनामा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए।
योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या ४ सय ८६ पुगेको छ । ती मध्ये ३ सय ९४ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।