arrow

कपिलवस्तु : थपिए २१ संक्रमित, संक्रमण बढेपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ साउन २२ बिहिबार
kapilbastus.JPG

कपिलवस्तु । कपिलवस्तुमा थप २१ जनामा कोरोना संक्रमणको पुष्ठी भएको छ । १९ गते समुदाय स्तरमा गरिएको परिक्षणको नतिजा अनुसार सदरमुकाम तौलिहवा क्षेत्रका २१ ज्नामा कोरोना देखिएको छ । 

कपिलवस्तु नगरपालिका क्षेत्रभित्र संचालित बैंक तथा वितिय सस्था देखि सकलन गरिएका नमुना मध्ये १३ जनामा पोजेटिभ भेटिएको छ । , मेडिकल , पोलिक्लिनिक देखि २ पोजेटिभ , गैरसरकारी सस्थामा कार्यरत ३ जना पोजेटिभ , स्वास्थकर्मी १ जना , शिक्षक २ जना र अन्य बजार क्षेत्रदेखि ३ जना रहेका छन् । 

भने मायादेवी गाउपालिका देखि १ जना स्वास्थकर्मी संक्रमित भएका छन् । यससंगै कपिलवस्तु जिल्लामा सन्क्रमितको संख्या ८४० पुगेको छ । स्वास्थ कार्यलय , कपिलवस्तुले जनाएको छ । 

यसरी संक्रमणको अवस्था वढेपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शुक्रबारवाट जिल्लामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ । समुदाय स्तरमै कोरोना संक्रमण देखिएकाले २३ गते देखी १० दिन सम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रशासन कार्यलयले बिहिवार सुचना जारी गर्दै यहि साउन २३ गते बिहान ५ बजेबाट लागु हुने गरी साउन ३२ गते राति १२ बजे सम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताएका छन् ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसकोसंक्रमण कपिलवस्तुमा समुदाय स्तरमानै देखिएकोले १० दिन अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न लागिएको हो । शुक्रबार भोलि बिहान ५ बजेबाट लागुहुने गरी अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने र प्रशासनको सुचाना उल्लंघन गरे कानुन बमोजिम कारवाही गर्ने पनि प्रशासन कार्यलय कपिलवस्तुले चेतावनी दिएको छ ।

यस अवधीमा अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यलय, बैंक तथा वित्तिय संस्थाबाट प्रदान गरिने सेवाहरु पूर्ण रुपमा बन्द गरिने छ ।यस्तै मालवाहक ढुवानीका साधान बाहेक जिल्ला भित्र संचालन हुने सार्वजनिक यातायातका सवारी साधानहरु पूर्ण रुपमा बन्द गरिने छ भने निजी सवारी साधन मोटरसाइकल, स्कुटरहरु जोर गते जोर र बिजोर गते बिजोर नम्बर गरी संचालन हुने छन् ।



लोकप्रिय समाचार
नयाँ