arrow

खुल्यो नौबिसे–मुग्लिन सडक

logo
प्रकाशित २०७७ साउन २३ शुक्रबार
muglin--road.jpg.jpeg

मुग्लिन । पहिराका कारण अवरुद्ध नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । 

यस सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिग्राङ खानीमा अविरल वर्षासँगै गए राति ११  बजे पहिरो खस्दा पूर्णरूपमा सडक अवरुद्ध भएको थियो ।   

पहिरो हटाई शुक्रबार एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरी चौकी मझिमटार धादिङका प्रहरी सहायक निरीक्षक रामु पुरीले जानकारी दिए । 

थप पहिरो नखसे दुईदेखि तीन घण्टाभित्र  पूर्णरूपमा हटाई दुईतर्फी यातायात सञ्चालन गरिने उनले बताए । 

सडक अवरुद्ध भएपछि काठमाडौँतर्फ धादिङको चरौँदी र चितवनतर्फ इच्छाकामना–३ फिस्लिङसम्म सवारी जाम हुन पुगेका थियो ।



लोकप्रिय समाचार
नयाँ