arrow

बिरगञ्जको सुख्खा बन्दरगाहको ब्यवस्थापन निजी क्षेत्रलाई

logo
प्रकाशित २०७७ साउन २३ शुक्रबार
Birgunj-dryport-sirsiya.jpg

सिर्सिया। बिरगञ्ज आन्तरिक सुख्खा बन्दरगाह (इन्ल्याण्ड क्लियरेन्स डिपो) को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी प्रिस्टिन भ्याली ड्राइ पोर्ट प्रा.लि. ले पाएको छ। शुरुवाती दिनदेखि अहिलेसम्म भारतको सरकारी निकाय भारतीय रेलवेको अंग कन्नकोर रेलवेजले स्थानिय साझेधार हिमालयन टर्मिनल प्रा.लि. मार्फत सञ्चालन गर्दै आएको थियो।

नेपालको सुख्खा बन्दरगाहको नियमक नेपाल यातायात बिकाश निगमका निर्देशक हेमेन्द्र मोहन शाहिले भने ‘१६ बर्ष अघिदेखि सञ्चालनमा आएको यो बन्दरगाहको व्यवस्थापन पहिलो पटक निजि साझेधारीको काँधमा सुम्पेका छौं’। रेल सञ्जालमा जोडिएको यो बन्दरगाहले नेपालको कन्टेनर यातायातको ५०% हिस्सा व्यवस्थापन गर्दै आएको छ र आगामि दिनमा नयाँ व्यवस्थापनले बाणिज्य व्यापारमा थप टेवा पुर्याउनेमा विश्वस्त रहेको जानकारी गराए।

आज विशेष कार्यक्रमका बीच नयाँ व्वस्थापनले पर्सा जिल्लाको सिर्सियामा रहेको ३८ हेक्टरमा रहेको बन्दरगाहको व्वस्थापन र सञ्चालनको जिम्मेवारी लिएको हो। २०५७ सालदेखि निर्माण शुरु भई २०६१ सालदेखि सञ्चालनमा आएको बिरगञ्ज सुख्खा बन्दरगाहको ४५०० कन्टेनरहरु व्यवस्थापन र भण्डारन गर्ने क्षमता छ र भारतको कोलकाता र विषाखापट्नम बन्दरगाहबाट रक्शौल हुँदै सोझै बिरगञ्ज बन्दरगाहसम्म भारतीय रेलमार्फत मालवाहक रेलहरु आवतजावत गर्दछन्।

‘कोभिड १९’ को कहरका बीच व्यवस्थापन सम्हालेको यस कम्पनिको आगामि दिनहरुमा ठूलो चुनौति रहेको नेपाली साझेदार भ्याली टर्मिनल्सका निर्देशक माधव बराल बताउँछन्। कोभिड १९ को महामारी शुरु भएपछि बन्दरगाह कूल क्षमताको ३५% को हाराहारीमा मात्रै सञ्चालनमा रहेको र महामारीको प्रकोप समाप्त हुने समयसिमा यकिन नभएको हुनाले आयात र निर्यातमा आएको ह्रास थप बढ्ने संभावना रहेको उनि बताउँछन्। तर यो मन्द अवधिमा, सडकमार्फत भइरहेका आयात र निर्यातलाई रेलमार्फत सुख्खा बन्दरगाहमा ल्याउन थप पहल गर्ने एवं नेपाल भित्रको बितरण व्यवस्थापनलाई थप चुस्त बनाउने योजनामा प्रिस्टिन भ्याली लागेको बराल बताउँछन्।

टर्मिनल व्यवस्थापन कम्पनिका निर्देशकहरु रजनिष कुमार र बाबुराजा रावलले यो साझेदारीले लाभग्रहीलाई प्रधान गर्ने सेवामा स्तरोन्नति र व्यापक रुपान्तरण गरिने बताए। र संगसंगै पूर्वाधारको विस्तार र स्तरोन्नति गरि र बन्दरगाहको क्षमता अभिबृध्दि गराउने बताउँछन्।

प्रिस्टिन भ्याली ड्राइ पोर्ट प्रा.लि.को भारतिय साझेदार ‘प्रिस्टिन मेगालजिस्टिक्स पार्क प्रा.ली’ले आफ्नै ३५ वटा कन्टेनर रेलहरु मार्फत बिगत १० बर्षदेखि लुधियाना, कानपूर, सिलिगुढी, पट्ना लगायत धेरै स्थानहरुमा इन्ल्याण्ड क्लियरेन्स डिपोहरु सञ्चालन गर्दै आएको छ। र पहिलो पटक अन्तराष्ट्रिय बजारमा पनि प्रवेश गरेको छ। नेपाली साझेदार ‘भ्याली टर्मिनल्स’ भ्याली ग्रुपको लजिस्टिक्स क्षेत्रमा काम गर्ने भगिनी कम्पनि हो। भ्याली ग्रुपले कुखुराजन्य उत्पादन र बितरण, फास्ट फुड, अटो मोबाइल, निर्माण सामाग्री उत्पादन, पूर्वाधार, आइटी आदि क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएको छ।

व्यवस्थापन समूह प्रिस्टिनको अनुभव र शिपले आगामि दिनमा बिरगञ्ज सुख्खा बन्दरगाहको सेवा स्तरोन्नति र विस्तार हुने र यो साझेदारीले थप उचाई लिनेमा विश्वस्त छन्।



लोकप्रिय समाचार
नयाँ