रंगेलीको समुदायमा कोरोना, थप ३० जनामा देखियो संक्रमण
किरण न्यौपाने,
प्रकाशित २०७७ साउन २३ शुक्रबार
58
Shares
रंगेली । समुदाय स्तरमै कोरोना फैलिएको रंगेलीमा थप ३० जनामा कोरोना पोजेटिभ देखिएको छ ।
रंगेलीमा समुदायका २२ जनाको कोरोना देखिएपछि कन्ट्राक ट्रेशिङ मा ४ सय २३ जनाको पिसिआर परिक्षण गर्दा थप ३० जनामा कोरोना देखिएको मेयर दिलीप वगडीयाले जानकारी दिए ।
संक्रमितहरुमा २४ जना पुरुष र ६ महिला रहेका छन्। उनिहरु अधिकाश ७ नं. वडाको रहेको बुझिएको छ ।