arrow

झापामा सवारीसहित ४ लाख बराबरको सुर्ती र रासायनिक मल बरामद

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ साउन २३ शुक्रबार
jhapa.jpg

झापा । झापाको दक्षिणी नाकाबाट सुर्ती र युरिया मलको तस्करी भइरहेको छ । सशस्त्र प्रहरीले सुर्ती र युरिया मल बरामद गरेपछि तस्करी गतिविधि भइरहेको खुलेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापा र बोर्डर आउट पोस्ट केचनाबाट खटिएको सशस्त्र प्रहरी टोलीले अवैध रुपमा भन्सार छलेर नेपाल भित्राइदैगरेको तीन बोरा सुर्ती, ४८ बोरा युरिया मल र १६ कार्टुन सलाई बरामद गरेको छ । 

केचनाबाट भद्रपुरतर्फ आउँदै गरेको मे १ प २६०१ नम्बरको मोटरसाइकल र मे १ ह ६१५५ नम्बर को टेम्पुमा राखिएको सुर्ती, युरिया मल र सलाई बरामद गरिएको सशस्त्र प्रहरीका डिएसपी द्रोण विक्रम शाहले जानकारी दिए ।

बरामद गरिएको सामान र सवारीसाधन गरी ४ लाख १२ हजार ६ सय मूल्य तोकेर भद्रपुर भन्सार कार्यालयमा बुझाइसकेको उनले बताए ।



लोकप्रिय समाचार
नयाँ