विराटनगर । विराटनगरमा एक जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा उपचारका लागि ल्याएकामा जाँच गर्दा मृत्यु भइसकेका ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा.चुमनलाल दासले बताए ।
विराटनगर–९ निवासी मृतक विगत एक हप्तादेखि ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याबाट पीडितलाई विराटनगरकै एक निजी अस्पतालले शुक्रबार पठाएका मृतकको शव व्यवस्थापनाको लागि आवश्यक प्रक्रिया शुरु गरिएको मेसु डा दासले बताए ।
विराटनगरमा संक्रणबाट शुक्रबारसम्म तीन जनाको मृत्यु भएको छ ।