काठमाडौं। भारतले धारा ३७० खारेज गरेपछि काश्मिरमा आतंककारी हमलामा निकै कमी आएको छ भने त्यहाँ पहिलाका तुलनामा उल्लेखनिय शान्ति कायम भएको छ। यद्यपि पाकिस्तानले भने अहिले आफ्नो सरकारको कमजोरीहरु लुकाउन देशव्यापी रुपमा भारतविरोधी अभियान सुरु गरेको भारतीय मिडियाले जनाएका छन्।
अमेरिकी उद्यम संस्थानका विज्ञ माइकल रुबिनले एक म्यागाजिनमा लेख्दै, पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कोरोना भाइरसको माहामारीका कारण त्यहाँको अर्थतन्त्रमा उत्पन्न गम्भिर संकटबाट जनताको ध्यान मोड्न भारतविरोधी अभियान सञ्चालन गरेको कुरालाई स्पष्ट पारेका छन् ।
पाकिस्तानले अवैधानिक रुपले उठाएको काश्मिर मुद्दाको विश्वव्यापी निन्दा भइरहदा समेत पाकिस्तानले भने यसलाई निरन्तरता दिएको छ। यतिमात्रै नभई पाकिस्तानमा काश्मिर मुद्दालाई उचालेर भारतविरोधी आर्टीकल नलेख्ने पत्रकारहरुलाई जागिरबाटै निकाल्ने जोखिम समेत बढेको छ । काश्मिरमा भारतको कदमलाई जनसांख्यिक रंगभेद र सैन्य घेराबन्दीको आरोप लगाउन बाध्य पारिएको छ भने पाकिस्तानी पत्रकारहरुलाई कालोपर्दा भित्र राखेर तथ्यहिन पुष्टि गर्न लगाइएको भारतीय रणनीतिक मामिलाका विश्लेषकहरुले जनाएका छन् ।
“इमरान खानको जस्तोसुकै नक्कली बयानले पाकिस्तालाई आतंकवादको जटिलदताबाट उन्मुक्त दिन सक्दैन्, अहिलेसम्म पाकिस्तान कुटनीतिक बचावटबाट मात्रै सामान्य देशहरुका रुपमा रहेको छ नत्र सन् २०१९ मै कालो सुचिको देशमा परेर प्रतिबन्धको सामना गरिसक्थ्यो ”, रुबिनले भनेका छन् ।
फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) ले पाकिस्तानलाई ब्ल्याक लिस्टमा राख्न सक्थ्यो यद्यपी कुटनीतिक बचावटले पाकिस्तान अहिलेसम्म ग्रे लिस्टमा रहेको छ । ग्रे लिस्टमा रहनु भनेको पाकिस्तान लगानी गर्नका लागि अनुपयुक्त र उच्च जोखिमपूर्ण देशको अर्थ लाग्छ ।
पाकिस्तानी संसदले पाकिस्तानको आतंकी जटिलताका विषयमा एफएटीएफले सुझाएका दुई सुझाव पास गरेको छ । यद्यपी पाकिस्तानले सुधार गर्न भनेका ती दुई कुराहरुको पाकिस्तानभित्र नै ठूलो विवाद छ । पाकिस्तानी कुटनीतिज्ञहरुले अहिले पाकिस्तानले आतंकारीहरुविरुद्ध कडा कारबाही गरिरहेको बताए पनि त्यहाँ कुनै सुधार देखिएको छैन् । तालिबान समुका पूर्व प्रवक्ता एवं आतंककारी एहसन्नुला एहसानलाई पाकिस्तानकै इन्टेलिजेन्स समुहले साथ दिएको रुबिनले खुलाएका छन् । यसबाहेक मुम्बई अट्याक गर्ने समुहका आतंकारीहरुविरुद्ध समेत पाकिस्तानले कुनै कारबाही गरेको छैन् ।
एफएटीएफका प्रतिबद्धताहरु पूरा गर्न नसकेको पाकिस्तानले त्यसैको क्षतिपूर्तीको लागि अहिले आतंकारीहरुविरुद्ध कारबाही गरिरहेको एवं कोरोना भाइरसको माहामारीको बहाना बनाइरहेको उनको भनाइ छ ।
पाकिस्तानले अहिले धार्मिक स्वतन्त्राको कुरा उठाएर आफुलाई चोख्याउन खोजिरहेको छ । यद्यपी उस्ले चिनियाँ सरकारले उईगुर समुदायका मुस्लिमहरु एवं अन्य अल्पसंख्यकहरुमाथि भइरहेको यातनामा बिरुोध गर्नुको साँटो मौन समर्थन गरेको छ । यतिमात्रै नभई केहि दिन अघि पाकिस्तानी अदालतमै अमेरिकी नागरिकको हत्या भएको थियो । पाकिस्तानले हत्याराविरुद्ध कुनै किसिमको कडा कारबाही समेत गरेका छैन् ।
पाकिस्तानी आतंकवादीहरुले भारतीय सीमा क्षेत्रमा उपद्रो मच्चाउँदै आएका छन् । सन् २०१९ मा पाकिस्तानी आतंकारी समुहले १ सय ३५ पटक जम्मु कश्मिरमा आतंक मच्चाएका थिए ।
भारतले धारा ३७० खारेज गरेपछि जम्मु कश्मिर क्षेत्रमा तुलनात्मक रुपमा शान्ति कायम भएको छ । विगतका वर्षका तुलनामा त्यहाँ १७२ स्थानीय आतंकारी समुहरु सक्रिय रहेका थिए तर अहिले त्यो संख्या १ सयमा पुगेको छ । यसरी नै घट्ने हो भने जम्मु कश्मिर क्षेत्रमा आतंकारी समुहरु १० प्रतिशतमा झर्ने अनुमान छ । यद्यपी पाकिस्तानले चिनियाँ योजनाहरुलाई अंँगालेर भारतविरुद्ध विभिन्न किसिमका आतंकका स्थितीहरु सिजर्ना गर्न खोजिरहेको आरोप छ ।