arrow

चिनियाँ घुसपैठ बिरुद्ध जापानलाई अमेरिकी साथ

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन २३ शुक्रबार
pompeo-us-foreign-secretary.jpg

काठमाडौं। संयुक्त राज्य अमेरिकाले जापानको सानकाकु टापुमा भइरहेक चिनियाँ घुसपैठलाई रोक्‍न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चिनियाँ आक्रामकता रोक्‍न 'प्रजातान्त्रिक मुलुकहरुको नयाँ गठबन्धन' का लागिसमेत आह्वान गरेका छन् । 

उनले बेइजिङले जापानमाथि बढाएको हस्तक्षेपविरुद्ध जापानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । त्यसैगरी जापानमा रहेको अमेरिकी उच्च सैन्य अधिकारी लेफ्टिनेन्ट जनरल केभिन साचनेडरले भने, "संयुक्त राज्य अमेरिका जापान सरकारलाई सहयोग गर्न शतप्रतिशत प्रतिबद्ध छ । जापानका लागि वर्षको ३६५ दिन, साताका सातै दिन र २४ घण्टा हामी तैनाथ छौं ।" 

उनले चिनियाँ जहाजहरु महिनामा दुई-तीन पटक आउने जाने गरेको बताए । यस विषयमा आफूले जापान प्रशासनलाई जानकारी गराएको र जापान सरकारले अनुमति दिएमा आवश्यक कदम चाल्‍न तयार रहेको समेत बताएका छन् । "लामो समयपछि जापानको सानकाकु टापुमा चिनियाँ घुसपैठ निकै बढेको छ," उनले भने, "यस अवस्थाको बारेमा मूल्यांकन गरी चाँडै आवश्यक कदमा चाल्न जापान सरकारलाई जानकारी गराएका छौं ।"



लोकप्रिय समाचार
नयाँ