वडाध्यक्ष बुढाथोकीले विपन्न २३ परिवारको एक वर्षको विद्युत महसुल तिरिदिने
प्रकाशचन्द्र भट्ट,
प्रकाशित २०७७ साउन २४ शनिबार
112
Shares
दार्चुला। व्याँस गाउँपालिका–२ का वडा अध्यक्ष धिरेन्द्र सिंह बुढाथोकीले वडाका विपन्न परिवारको एक वर्षको विद्युत महसुल तिरिदिने भएका छन्। शनिवार भएको त्रिपक्षिय सहमति अनुसार वडाका विपन्न २३ परिवारको विद्युत महसुल बुढाथोकीले तिरिदिने भएका हुन् ।
वडा नम्बर २ का स्थानियहरु दुम्लिङ लघुजलविद्युतको विजुली उपभोग गर्दै आइरहेका छन् । श्रावण महिनादेखि लागु हुने गरि एक वर्ष सम्मको सम्पूर्ण महसुल आफैले तिर्ने उनले बताए । “मासिक ३ हजार ३ सय ७० रुपैयाँ पर्न आउने विद्युत महशुल म आफै तिर्छु," उनले भने।
विपन्न परिवारको आर्थिक सहजताको लागि आफ्नो व्यक्तिगत खर्चबाट उनीहरुको एक वर्षको महसुल तिरिदिने बुढाथोकीले बताए । बुढाथोकी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।