भक्तपुर। शिक्षाबिद, सामाजिक अगुवा, समाजसेवी श्याम बहादुर कार्कीको १३ औं स्मृति दिवसका अवसरमा भक्तपुरमा रक्तदान गरिएको छ।
कार्कीकै नाममा स्थापित प्रतिष्ठानले आयोजना गरेको रक्तदान कार्यक्रममा ९१ जनाले रक्तदान गरेका हुन् ।
रक्तदाताहरुलाई प्रतिष्ठानका अध्यक्ष बिष्णुराज कार्की, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले प्रमाणपत्र बितरण गरेका थिए ।
महामारीको परिस्थितिमा रक्तदान गरि सहयोग गर्नु हुने सबैलाई सभापति थापाले धन्यवाद व्यक्त गरेका थिए । मास्क, स्यानिटाइजर प्रयोग गरि निरन्तर सचेत हुन पनि थापाले सबै सहभागीहरुलाई अपिल गरे ।
प्रतिष्ठानका अध्यक्ष बिष्णुराज कार्कीले रक्तदाताहरुलाई विशेष धन्यवाद दिए । यसैगरी महिला संघ सभापति सरु बानियाँ, प्रतिष्ठानका सचिव प्रदीप कार्कीले स्वर्गीय श्याम बहादुर केसीको जीवनी र योगदानको बिषयमा प्रकाश पारेका थिए ।
नेपाली कांग्रेस भक्तपुरका नेता कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियो।